Logo

छोरी मालती बिना भारत फर्किइन् प्रियंका चोपडा



एजेन्सी, १५ कात्तिक । अभिनेत्री प्रियंका चोपडा करिब ३ वर्षपछि भारत फर्किएकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्र्दै भारत आएको जानकारी गराएकी हुन् ।

प्रिंयकाको यससँगै अर्को भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी मुम्बई एयरपोर्टबाट बाहिर निस्केकी देखिएकी छिन् । यस क्रममा प्रियंका निलो रंगको पहिरनमा देखिएकी थिइन् । अहिले उनलाई यसरी एक्लै देखेर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले छोरीको बारेमा सोधिरहेका छन् ।

प्रियंकाले एक दिनअघि आफ्नो बोर्डिङ पासको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर आफ्नो उत्साह व्यक्त गरेकी थिइन् । प्रियंका पति निक जोनस र छोरी मालती मैरी चोपडासँग अमेरिकामा बस्छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot