Logo

उदयशमशेरको उम्मेदवारीले ललितपुरवासीमा खुशियाली, विकास हुने आशा



काठमाडौं, १७ कार्तिक । मंसिर ४ गत हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिकरुपमा आजदेखि घरदैलो अभियान सुरु भएको छ । निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला मत माग्नका लागि जनताको घरदैलोमा पुगेका छन् ।

राजधानी काठमाडौंसँग जोडिए पनि ललितपुरको क्षेत्र नम्बर १ सुगम छैन । यहाँका जनताहरुले अहिले पनि विकास निर्माण र पूर्वाधारका मागहरु उम्मेदवारसँ उठाउने गरेका छन् । देशमा भएका ६ वटा निर्वाचनमध्य ४ पटक एमाले, एक पटक माओवादी र एक पटक नेपाली कांग्रेसले ललितपुर क्षेत्र नम्बर १ बाट जित निकालेको छ ।

२०७० सालको संविधानसभा निर्वाचन जितेका नेपाली कांग्रेसका युवा नेता उदय शमसेर जवरा दोस्रो पटक चुनाव जित्ने लक्ष्यका साथ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् । उनी अहिले प्रचार प्रसारका लागि केन्द्रीत भइसकेका छन् । घरदैलो अभियानकै क्रममा नेता उदयले क्षेत्र नम्बर १ को प्रदेशसभा ९ख०बाट प्रचार प्रसार सुरु गरेका हुन् ।

लोकतान्त्रिक वाम गठबन्धनका क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणा र प्रदेश सभा ९ख० का उम्मेदवार राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीबाट घरदैलो अभियान सुरु गरे ।

यहाँ स्थानीय ६३ वर्षीय बृद्ध आमा धनमाया थापा मगरको हातबाट टीका ग्रहण गरेर अभियान सुरु गरेका हुन् । दुवै उम्मेदवारलाई टिका लगाउँदै बृद्धा धनमायाले भनिन् ‘विगतमा यो क्षेत्रमा एमालेले जितेर केही काम नगरेको र अब मंसिर ४ गतेको चुनावमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले जित निकाल्नु पर्छ ।’

त्यसपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश सभा ९ख० का उम्मेदवार मीनकृष्ण महर्जनले यो क्षेत्रको परिवर्तन अहिलेको लोकतान्त्रिक वाम गठबन्धनले मात्र सामाजिक, आर्थिक र विकासको परिवर्तन गर्ने भएकाले यस पटक आफूलगायत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

यस्तै, प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदय शमशेर राणाले यस क्षेत्रमा पूर्वाधार विकासको सँगसँगै जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताहरु पूरा गर्न आफू कटिबद्ध रहने बताए । उनले आफू जितेर गएपछि ललितपुरको क्षेत्र नम्बर १ लाई भ्रष्टाचार मुक्त क्षेत्र वनाउनेसमेत प्रतिवद्घता जनाए ।

नेता राणाले विगतमा जितेकाहरूले यस क्षेत्रमा विकासको मुल थुनेको र आफू पराजित हुँदा पनि जनतासँग सुख दुःखमा संगै रहेको बताउँदै आफू जितेपछि २०७० सालदेखि २०७४ सालमा आफूले गरेका प्रतिवद्धताहरु पनि पूरा गर्ने प्रष्ट पारे ।

चुनावी घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत अन्य गठबन्धन दलका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

ललितपुरका दुर्गम गाउँमा भेटघाटका कार्यक्रम सम्पन्न गरेर लोकतान्त्रिक वाम गठबन्धनले आजबाट काँठ क्षेत्रमा तालिका बनाएर चुनाव प्रचार प्रसार सुरु गरेको हो । सोही क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुछापमा पनि घरदैलो अभियान गरिएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनले एमाले लगायतका गठबन्धन दलको चुनावी अभियानको शैली र प्रस्तुती हेरेर सोही अनुसार आफ्नो प्रचार प्रसार अभियानलाई आक्रामक बनाउने रणनीति बनाएको लोकतान्त्रिक वाम गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक एवं नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का सभापति सुन्दर मान थिङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot