Logo

ऋषि धमलाको कार्यक्रममा गोकर्ण विष्टमाथि खनिईन् रामकुमारी झाँक्री, लगाईन् गम्भीर आरोप (भिडिओसहित)



काठमाडौं, १८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाकी उम्मेदवार रामकुमारी झाँक्रीले आफूले बेइमानीपूर्ण मुद्दा बोकेर नहिँडेको स्पष्ट पारेकी छिन् । उनले आफ्ना प्रतिष्पर्धी गोकर्ण विष्टको बारेमा कडा आलोचना गरिन् ।

उनले भनिन्,‘म त त्यस्तो भन्दिनँ, प्रतिष्पर्धामा धेरै मान्छे छन् । तर, प्रतिष्पर्धामा मैले जुन विचारधाराको, जुन राजनीतिक मुद्दा बोकेर आएकी छु, बेइमानीपूर्ण मुद्दा बोकेर आएको छैन् । माधव नेपाललाई पार्टी फुटाउनको लागि उक्साउने, पार्टी दर्ता गर्न घोषणापत्र बनाउने, केपी ओली कमरेडको नेतृत्वको सरकारलाई विश्वासको मत नदिने, अनि त्यसपछि बिचमा बाटो छोडेर आउने, धोका दिनेहरुलाई चाहीँ गुल्मेली जनताले पुरस्कृत गरिरहने हो र ?’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफू राजनीतिमा इमानका साथ लागेको दाबी गरिन् । उनले थपिन्‘मैले संविधानको क्रियाशिलताको लागि, संसद् विघटनको विरुद्धमा बोलें, त्यसपछि मैले माधव नेपाल कमरेडलाई यो इस्युमा साथ दिन्छु भनेको हुँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot