Logo

सांसदले यस्ता काम पनि गर्न सक्छन् भन्ने देखाउन चाहन्छु : कुन्ती शाही



काठमाडौं, २६ कार्तिक । दैलेख १ का राप्रपाकी उम्मेदवार कुन्ती शाहीले भ्रष्टाचारमुक्त सुशासनयुक्त दैलेख, स्वरोजगार सिर्जना, तालिम केन्द्र स्थापना, कृषिका पकेट क्षेत्र सहितकी २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरिन् ।  प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्, ‘दैलेख यस्तो जिल्ला हो, जहाँ आँप र स्याउ फल्न सक्छ । समानुपातिकतर्फ दुईचोटि संविधानसभा सदस्य हुँदा मैले महिला अधिकार लेख्ने सफलता पाएँ । अब प्रत्यक्ष निर्वाचित भएर सांसदले यस्ता काम पनि गर्न सक्छन् भन्ने देखाउन चाहन्छु ।’ उनले आफूले पाँच महिना स्थानीय विकास मन्त्री हुँदा दैलेखको विकासमा धेरै काम गरेको पनि सुनाइन् ।

नेपाली कांग्रेस (बीपी) का उम्मेदवार भूपाल थापाले बीपी कोइरालाका छोरा र नातिनी राप्रपा प्रवेश गरेर जनता झुक्काएको आरोप लगाए । गठबन्धनले देशलाई निकास नदिने उनको ठोकुवा छ । उनले भने, ‘२०७४ मा हामीलाई गठबन्धनका नाममा गाईमा भोट हाल्न आदेश गरे । १९ हजार मत खसालिदियौं । अहिले कलमलाई भोट हाल भनिरहेका छन् । पहिलेको गठबन्धनले के दियो ? अहिलेको गठबन्धनले पनि केही दिँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot