Logo

प्रचण्डलाई कांग्रेसभित्रको जटिलताको चिन्ता, चितवनको चुनावी सभामा के भने ? (भिडिओसहित)



काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसभित्र जटिलताबारे बोलेका छन् । उनले पछिल्लो समय चितवनमा कांग्रेसबाट नै धेरै बागी उम्मेदवारी परेकोतर्फत संकेत गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट आज (शनिबार) चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै दाहालले कांग्रेसभित्र (चितवन) को अन्तरविरोध हल भईदिए हुन्थ्यो भन्ने आशा व्यक्त गरेका छ्न । सम्बोधनको क्रममा उनले भनेका छन्,‘कांग्रेसभित्र अलिकति जटिलता आयो भने मलाई चिन्ता लाग्न थाल्छ । कांग्रेसभित्र समस्या हल भइदिए हुन्थ्यो भन्ने हुन्छ ।’

पछिल्लो समय दाहालले चितवन कांग्रेसका पूर्व सभापति विकास कोइरालाको कारबाही फिर्ताको लागि पनि सभापति शेरबहादुर देउवासमक्ष लविङ थालेका छन् । आजमात्रै पनि कोइरालाका समर्थकहरुले उनीमाथिको कारबाही फुकुवाको माग गर्दै चुनावी सभास्थ आसपासमा प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot