काठमाडौं, मंसिर २४ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।
आज हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।
स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को क्वाटरफाइनलमा पुगेको थियो । स्विट्जरल्यान्डलाई हराएर पोर्चुगल पनि क्वाटरफाइनलमा पुगेको थियो ।
यस्तै, अन्तिम क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।
दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्यान्डले सेनेगललाई हराएका थिए ।