Logo

मन्त्रपरिषद् विस्तारमा सिके राउतको चरम असन्तुष्टि, भने-‘मधेसी र थारुलाई पाखा लगाउने यो देश तिम्रो होइन्’



काठमाडौं, माघ ५ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । बुधबार मात्रै हत्कडी लगाएको तस्विर समाजिक सञ्चालमा राखेर ओली–प्रचण्डलाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिदै कडा चेतावनी दिएका राउतले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् ।

बुधबार राति अर्काे ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनमत, नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ ।

सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ ।’ उनको ट्वीटर ह्यान्डलमा उल्लेख छ ।

यसअघि उनले मधेशले शासक वर्गको उक्त कदमको प्रतिकार गर्ने पनि चेतावनी दिएका थिए । उनले आफूहरुसँग सडक र आन्दोलनको विकल्प सधैं खुल्ला नै रहेको पनि उल्लेख गरेका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले यी साना दललाई वास्ता नगरेको र मन्त्रालय रोज्न लगाउँदा पनि बेवास्ता गरेको भन्दै जनमत पार्टी असन्तुष्ट छ ।

यही सन्दर्भमा राउतको यस्तो भनाई बाहिर आएको हो ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ ।

सो पार्टीबाट मन्त्री भएका बिनाविभागीयमन्त्री अब्दुल खानले आफूले भनेको मन्त्रालय नपाएको भन्दै मन्त्रालयमा हाजिर गरेका छैनन् ।

सोमबार बसेको सत्तरुढ गठबन्धन दलको संयुक्त बैठकले जनमत पार्टीलाई उद्योग तथा वाणिज्य मन्त्रालय दिने सहमति गरे पनि अन्तिममा आएर खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिएपछि सो पार्टीले उक्त मन्त्रालय नलिने निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot