Logo

ओलीले जसपालाई सरकारमा सहभागी हुन रोकेको खुलासा



काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी, नेपाल सरकारलाई समर्थन गरेर पनि सामेल भएको छैन् । अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय बाँडफाँडमा आफूहरुलाई अपमान गरिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोशित छन् । उनले आफूसँग मन्त्रालयको भागबण्डाबारे कुनै सिरियस छलफल नभएको जिकिर गर्ने गरेका छन् । पार्टीका नेताहरुसँगको ब्रिफिङमा पनि यादवले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिल्यै गरेको निर्णय सुनाउनेबाहेक अरु काम नगरेकोले आफूहरु सरकारमा सहभागी हुन नसकेको बताउने गरेका छन् । जसपाका आधा दर्जन सांसद सरकारमा जान आँतुर छन् ।

उनीहरु अध्यक्ष यादवले नै आफूहरुलाई सरकारमा सहभागी हुने वातावरण नबनाएको भनेर आक्रोशित छन् । जसपालाई सरकारमा सहभागी नगराउन एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको र ओलीकै निर्देशनमा प्रचण्डले जसपालाई भाउ नदिएको खुलासा भएको छ । यादवले गत शनिबारमात्रै एमाले अध्यक्ष ओलीसँग लामो छलफल गरेका थिए ।

सो छलफलमा ओलीले जसपाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया थालेकोबारे ओलीले असन्तुष्टि पोखेका थिए । मंसिर ४ गतेको निर्वाचनमा जसपाले एमालेसँग तालमेल गरेको थियो । दुई दलले असहज परिस्थितिका बावजुदपनि राम्रो नतिजा निकालेका थिए । तर, यादव चुनावमा पराजित भएर काठमाडौं फर्कन नपाउँदै उनले एमालेसँगको सहकार्य तोडिएको घोषणा गरेका थिए ।

उनी कांग्रेस नेतृत्वको तत्कािलन गठबन्धनसँग नजिकिएका थिए । तर, अर्का अध्यक्ष अशोक राईले एमालेसँगको सहकार्य जारी नै रहेको भनेर अर्को सार्वजनिक अभिव्यक्ति दिएर यादवलाई साईजमा राखेका थिए । अहिलेपनि यादव र राईबीच शक्ति–संघर्ष चुलिएको छ । यादवले षड्यन्त्र गरेर राईलाई संसदीय दलको नेता हुनबाट बञ्चित गराएको भनेर जसपाभित्र चर्चा चलेको छ ।

जसपालाई सरकारमा ल्याउनको लागि प्रधानमन्त्री दाहालले अधिकतम प्रयास गरेका थिए । तर, यादवले माधव नेपालसँग एकताको लागि हात बढाएको कारण ओलीले जसपालाई सत्तारोहणमा अवरोध गरेको स्रोतको दाबी छ ।

Related News 

जसपा र नेकपा (एस) को एकता–वार्ता सकारात्मक, छिट्टै निश्कर्षमा पुग्ने 

‘जसपा ओली र प्रचण्डको भातृसंगठन हो र दुइटा मन्त्री लिएर सरक्क सरकारमा जाने ?’

उपेन्द्र यादवको आँफै सरकारमा जाने दाउ, बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउन खुमलटारमा लविङ

एमाले नेता भन्छन्– उपेन्द्र यादव सधैं सत्तामा जानुपर्छ भन्ने के छ र ? कहिलेकाहीं प्रतिपक्षमा बस्दा हुन्छ नि



प्रतिक्रिया दिनुहोस्

Screenshot