Logo

गृहमन्त्री लामिछानेको मुद्धामा रिट निवेदकको तर्फबाट पाँच जनाले गरे बहस



काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद मुद्धामा अन्तिम सुनुवाइका लागि आज बहस भइरहेको छ । आजको सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट बहस सकिएको छ ।

रिट निवेदकको तर्फबाट आज रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतका अधिवक्ताहरुले बहस गरेका छन् ।अहिले खाजाको समय भएकाले बहस रोकिएको छ । यसपछि गृहमन्त्री लामिछानेका वकिल र सरकारी वकिलहरुले बहस गर्नेछन् ।

आजको संवैधानिक इजालसमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्