Logo

कर्णाली सरकारलाई एमालेले पनि विश्रासको मत दिने



काठमाडौं १७ चैत । नेकपा एमाले कर्णाली प्रदेश सरकारलाई विश्रासको मत दिने भएको छ ।शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको नवौँ बैठकमा आफ्ना धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विश्वासको मत दिने बताए।

उनले भने, ‘हामी सत्ता पक्षकै सिटमा बसेका छौँ। हामी बसेको अगाडि सत्ता पक्ष लेखेको छ। सत्ता पक्षमा बसेर विपक्षमा मत दिँदैनन्। यदी विपक्षमा मातदान गर्ने भए हामीले त्यही अनुसारको तयारी थाल्ने थियौँ। हामी र हाम्रो दल आज जो अवस्थामा छ। त्यही अवस्थामा रहनेछ। यसमा कुनै दुविधा छैन।’

 

यस्तै, नेपाली कांग्रेस पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने संकेत गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठकमा आफ्ना धारणा राख्दै शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत संकेत दिएका हुन्।

उनले भने, ‘मैले हिजो पनि भनेको थिए। यदी सरकार र तपाईहरु संकटमा हुनुहुन्छ भने म दलको हिसावले सकरात्मक रुपमा सोच्ने छु।



प्रतिक्रिया दिनुहोस्

Screenshot