Logo

गठबन्धनका कतिपय नेता नै सरकारकै खुट्टा तान्न लागेको माओवादी नेताको टिप्पणी (भिडिओसहित)



काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले जनतामा सरकारले केही काम गर्ने विश्वास पलाएको बताएका छन् ।
‘हिजो अस्तव्यस्त थियो । आज केही भएको छ । जनताले यो सरकारले केही गर्न थाल्यो भन्ने विश्वास गरेका छन् । आशाका किरण देखापरेका छन् । तर पनि यो १० दलीय गठबन्धनका सरकार हो । सहयात्री दलहरुहरुले बार्गेनिङ गर्छन् । एउटा पार्टीको घोषणापत्र लागू गर्ने अवस्था त छैन नि,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

गठबन्धनका कतिपय नेता नै सरकारकै खुट्टा तान्न लागेको पोखरेलले बताए । उनले भने, ‘माधव नेपालले नै यो सरकार ढाल्ने हैसियत हाम्रो छ भनिदिनुभयो सिन्धुलीमा । सरकारमा उहाँको पार्टीका पनि मन्त्री छन् । कोही यतिवटा मन्त्रालय पाइनँ भनेर सरकारमा सामेल भएनन् । कोही त्यही मन्त्रालदय चाहिन्छ भनेर बाहिरिएका छन् । सरकारमा बसेर सरकारकै खुट्टा तान्न लागेपछि के हुन्छ ?’

माओवादी नेता पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषी नपर्ने र दोषी नछुट्ने पनि दाबी गरे । उनले भने, ‘कुन नेता वा अभिनेताले के भन्यो ? मलाई टिप्पणी गर्नु छैन । तर यो स्क्यान्डल माथिल्लो ओहदामा पुगेका व्यक्तिहरु समेत परेका छन् । यसमा कुनै पनि प्रकारको कम्प्रोमाइज हुँदैन । निर्दोषी पर्दै पर्दैन, दोषी छुट्दै छुट्दैन । हाम्रै पार्टीको कुनै नेता संलग्न छ भने पनि बच्दैन । यसमा व्यक्तिगत रिसइबी, आग्रह, पूर्वाग्रहले काम गर्नुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot