Logo

प्रधानमन्त्रीको भारत भ्रमणमा पाँच मन्त्री मात्रै जाने, को-को जाने भए त ?



काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको यही जेठ १७ गतेदेखि जेठ २० गतेसम्म हुने चार दिने भारत भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको बैठकले भ्रमण दलमा सहभागी हुने मन्त्रीहरुको समेत टुँगो लागेको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा पाँच जना मात्रै मन्त्री जाने तय भएको जानकारी दिईन् ।

उनकाअनुसार भ्रमण दलमा अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot