Logo

कांग्रेस जिल्ला सभापतिहरुको भेला आज पनि



काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि हुँदैछ।  बिहीवारबाट शुरु भएको भेलामा आज पनि जिल्लाका सभापतिहरुले आफ्ना धारणा राख्नेछन्। बिहीवार २८ जना सांसदहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी जिल्ला सभापतिहरुले आफ्ना धारणा राख्नेछन्।

भेलामा उपस्थित जिल्ला सभापतिहरुले आगामी केन्द्रिय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएका छन्। बैठकमा जिल्ला सभापतिहरुले नेपाली काँग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रश्तुती र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन्।

पार्टीका नेताहरु भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रुपमा उभिन आग्रह गरेका छन्। भेला पार्टी केन्द्रिय कार्यालय सानेपामा अहिले बिहान ११ बजेबाट शुरु हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot