Logo

चिनियाँ कम्युनिष्ट पार्टीका नेता च्याच्युनको टोली काठमाडौंमा, देव गुरुङले गरे विमानस्थलमा स्वागत



काठमाडौं, ७ साउन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का उच्चस्तरीय नेता युयान च्याच्युन नेतृत्वको टोली काठमाडौँ आइपुगेको छ । च्याच्युन नेतृत्वको उच्चस्तीय टोलीमा २५ जना सहभागी छन् । नेपाल बसाईको क्रममा नेता च्याच्युनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बरमा चीनको भ्रमणमा जाने भएका छन् । च्याच्युनको यो भ्रमणले प्रधानमन्त्री दाहालको आगामी चीन भ्रमणको पनि गृहकार्य गर्ने बुझिएको छ ।

च्याच्युनलाई विमानस्थलमा स्वागत गर्न नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, सचिव गणेश साह र परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा पुगेका थिए ।

च्याच्यु नेतृत्वको टोली काठमाडौंको बत्तिसपुतलीस्थित् होटेल द्धारिकामा बस्नेछ । अहिले होटेल परिसरमा एकदमै कडा सुरक्षा व्यवस्था मिलाईएको छ ।



प्रतिक्रिया दिनुहोस्