Logo

ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान नलिनु ठूलै गडबड छः रवि लामिछाने



काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान नै नलिई अधुरो फाईल पेश गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईको बयान लिन आदेश दिएको थियो । तर, सिआईबीले उनीहरुको बयान अझै लिएको छैन । सिआईबीले अनुसन्धानको फाईल अदालतमा पेश गर्ने तयारी गरेको छ ।

‘सिआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ । ठूलै गडबड छ,’– लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot