Logo

बुबाआमाको सम्झनामा मन्त्री किरातीले रोपे बरपिपल



काठमाडौं ९ भदौ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुबाआमाको सम्झनामा बरपिपल रोपेका छन् । आज (शनिबार) मन्त्री किरातीले स्वर्गीय बुबाआमाको सम्झनामा पशुपतिमा बरपिपल रोपेका हुन् ।

मन्त्री किरातीकाका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा गत बुधबार बिहान ४ बजे निधन भएको थियो भने उनकी आमा रक्षकुमारी राईको निधन भएको लामो समय भइसकेको छ । समय र स्वास्थ्यले साथ दिएसम्म बुबाआमाको नाममा थप सामाजिक र सिर्जनात्मक गर्दै जाने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘सम्झनामा बुबा र आमा बर र पिपल हुनुभयो । पितृको संसारमा जानु भएको बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपियो । सँगै आजैबाट बुबाको काम सकियो । समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु,’– मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot