Logo

शेखरले बोलाए आफू पक्षीय नेताहरुको बैठक, महामन्त्री शर्मा र युवा नेता पौडेललाई पनि निमन्त्रणा !



काठमाडौं, १ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । उनले भोलि (मंगलबार) साढे १ बजेका लागि बैठक बोलाएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बैठक बोलाएको बताइएको छ ।

बैठकमा पहिलो पटक महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि निमन्त्रणा गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot