Logo

मंगलबार राती अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री प्रचण्ड आज विहानै मुस्ताङमा



काठमाडौं, कार्तिक १ । स्वास्थ्यमा असहज महसुस भएपछि मंगलबार साँझ नर्भिक अस्पतालमा चेकजाँच गराएर राती १० बजे डिस्चार्ज भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहानै मुस्ताङ पुगेका छन् ।

हार्ट एट्याकजस्तो सिम्टम देखिएपछि अस्पताल पुगेका प्रचण्ड सबै रिपोर्ट सामान्य आएपछि राती नै वालुवाटार फर्किएका थिए । मुटुसम्बन्धी सबै रिपोर्ट नर्मल आएपछि प्रधानमन्त्री प्रचण्ड आज मुस्ताङ प्रस्थान गरेका हुन् ।

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहानै मुस्ताङ प्रस्थान गरेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot