Logo

३१ रन जोडेका भूर्तेल आउट, संकटमा नेपालको ब्याटिङ



काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्धको खेलमा तेस्रो विकेट पनि गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७।१ ओभरमा अकिब इलियासको बलमा कुशल भुर्तेललाई गुमाएको हो । उनले ३१ रन जोडेका थिए । २२ बलमा ३ चौका र २ छक्का हिर्काएका उनले ३१ रन बनाएका थिए । उनी आउट भएसँगै नेपालको ब्याटिङ संकटमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot