Logo

प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुर तिहार विशेष पूजा (फोटोफिचर)



काठमाडौं, कात्तिक २६ । आज घरघरमा पूजाआराधनासहित मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ।

यसैबीच नेपाल प्रहरीले महाराजगञ्जस्थित कुकुर तालिम केन्द्रमा पनि कुकुरहरुको विशेष पूजा गरी कुकुर तिहार मनाएको छ । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले कुकुरको विशेष पुजा गरी विभिन्न प्रकारका कला प्रदर्शन समेत गरेको थियो । अपराध अनुसन्धानमा प्रहरीले कुकुरको सहारा लिने गरेको छ ।

अहिले प्रहरीसँग सातै प्रदेशमा सात प्रजातीका करिक एक सयभन्दा बढि कुकुर रहेको बताइएको छ । ती कुकुरहरुलाई लागू औषध, अपराधीहरुको खोजी र विपद् व्यवस्थापन लगायतका काममा प्रयोग गरिने गरिएको छ ।

यमपञ्चकको दोस्रो दिन आज कुकुरलाई विशेष पुजा गरेर, फूल माला लगाइदिने र मिठो खानेकुरा दिने चलन गरेको छ ।

फोटोः मुकुन्द कालिकोटेररिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot