Logo

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्ने



काठमाडौं,१४ मंसिर । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी र मधेश प्रदेश भिड्ने भएका छन् ।

बिहीबार भएको सेमिफाइनलको खेलमा आ आफ्नो समूहबाट जित हातपार्दे मधेश र आर्मी फाइनलमा प्रवेश गरेका हुन् ।

आज भएको पहिलो सेमिफाइनलमा आर्मीले बागमतीलाई ४ विकेटले हराउँदा एपीएफ मधेशसँग ११ रनले पराजित भयो ।

१२ टिम सहभागी प्रतियोगीतामा तीन टिमलाई ४ समूहमा विभाजन गरिएको थियो । उपाधि जित्नेले ५ लाख नगद पाउने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot