Logo

नेपाल सुपर लिग : आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी भिड्दै



काठमाडौं, मंसिर १५ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो।

चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो। चितवनले पहिलो धनगढी एफसीसँग १–० र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौँ स्थानमा छ भने अंकविहीन वीरगञ्ज भने तालिकाको अन्तिममा छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot