Logo

दीपक खड्काले किन गरे आरजु राणाको प्रशंसा, महिला उपसभापति बन्नसक्ने खुलासा (भिडिओसहित)



काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दिपक खड्काले तत्काल मन्त्रिपरिषद हेरफेर नहुने दाबी गरेका छन् । यद्धपी उनले सरकार परिवर्तन हुँदै हुँदैन भनेर भन्न भने नसकिने टिप्पणी गरे ।

उनले भने,‘सरकार परिवर्तन हुँदै हुँदैन भन्न सक्दिनँ । सरकार होईन, मन्त्रीहरु परिवर्तन गर्ने चर्चा धेरै सुनिएको छ । तर, तत्कालै भने त्यस्तो अवस्था भने छैन् ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेसले विधान संशोधन गरेर उपसभापति र महामन्त्री महिला राख्दा केही फरक नपर्ने पनि उनको टिप्पणी छ ।

उनले भने,‘पार्टीलाई आवश्यकत्ता पर्यो, महिलाहरुलाई पनि स्थान दिँदै जानुपर्यो भनियो भने हुन्छ ।’ पत्रकार धमलाले अहिले आरजु राणा नेतृत्वमा अहिले लविङ सुरु भएको छ नि ? भनेर राखेको जिज्ञासामा उनले भने–‘एउटा मान्छेको विशेष ईण्डिकेट गरेर कुरा गर्ने, आरजु देउवाले महिला भएको कारण यो मुद्दाको उठान गर्नुभएको होला । उहाँजत्तिको योग्य र क्षमता भएको मान्छेको चाहना नहुनुपर्ने कुनै कारण नै छैन् । तर, भोलि अधिवेशन हुँदै गर्दा उहाँले नै पाउनुहुन्छ भन्ने सुनिश्चितता् छैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot