Logo

दिव्या रायमाझीको डेब्यू फिल्म वरिष्ठ बलराम आगामी वर्षको तीजमा रिलिज हुने



काठमाडौं,२५ मंसिर । नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको डेब्यू फिल्म वरिष्ठ बलरामको रिलिज मिति तय भएको छ ।

सुरेन्द्र पौडेलको निर्देशन रहको चलचित्र आगामी वर्षको हरितालिका तीजमा रिलिज हुने निर्माता रोहित अधिकारीले जानकारी दिए ।

यस फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने र दिव्या रायमाझीको मुख्य भूमिका रहने छ। कलाकार दीलिप रायमाझीकी छोरी दिव्याले यसै फिल्ममार्फत डेब्यू गर्न लागेकी छन्।

अधिकारीसहित ओमप्रकाश अग्रवालको फिल्ममा लगानी रहेको छ। त्यसैगरि, मनोज ओली र रामु न्यौपाने सह-निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन रहेको छ।



प्रतिक्रिया दिनुहोस्