Logo

राजसंस्था पुर्नस्थापना र हिन्दू राष्ट्र घोषणाका लागि आन्दोलनमा होमिने राप्रपाको निर्णय



काठमाडौं,३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुर्नस्थापना र हिन्दू राज्य घोषणाका लागि सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

आइतबारदेखि चलिरहेको केन्द्रीय कमिटिको बैठकबाट सो निर्णय गरेको स्रोतले जनाएको छ । उक्र निर्णय अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिनेछ ।

पदाधिकारीबाट राप्रपाको आन्दोलन मूल आयोजक समितिको अध्यक्ष राजेन्द्र लिङ्देन र आन्दोलन परिचालन समितिको संयोजकमा महामन्त्री धवल शमशेर राणा रहनेगरी निर्णय भएको बताइएको छ ।  लिङ्देनको चाहनाअनुसार अध्यक्ष र महामन्त्री दुबैको भूमिका रहनेगरी आन्दोलनसम्बनन्धी निर्णय गराइएको बताइएको छ । 

राप्रपाले यो निर्णय गरेसँगै तत्काल सरकारमा जाने सम्भावना सकिएको छ । संघीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कूल १४ सीटसहित संसदको पाँचौ ठूलो शक्ति बनेको राप्रपा पछिल्लो समय सरकारमा जानेबारेमा लचक बनिरहेको छ । उसले कोशी प्रदेशमा सभामुख लिने र संघदेखि प्रदेश सम्मका सरकारमा सहभागी हुनगरी छलफल अगाडि बढाएको थियो ।

तर,अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु सरकारमा जान इच्छुक भएपनि वरिष्ठ उपाध्यक्षर वीन्द्र मिश्र र महामन्त्री डा धवलशमसेर राणालगायत भने आान्दोलनमा होमिनुपर्ने पक्षमा थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot