Logo

नयाँ वेभ सिरिज ‘श्रृष्टि’ प्रशारण हुँदै



काठमाडौं,१४ पुस । टेलिश्रृंखला तथा वेब सिरिजहरुको भिडमा फेरी नयाँ वेभ सिरिज प्रशारणमा आउने भएको छ । कलाकार श्रृष्टि घिमिरेको निर्देशनमा वेभ सिरिज ‘श्रृष्टि’ निर्माणको घोषणा गरिएको छ ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने वेब सिरिज हाल छायाँकनको क्रममा रहेको र छिट्टै प्रशारणको मिति तोकिने निर्माण पक्षले जनाएको छ । वेब सिरिज ‘श्रृष्टि’ मा कलाकार श्रृष्टि घिमिरेको कथा तथा निर्देशन रहनेछ भने कलाकारहरुमा श्रृष्टिसँगै बिशाखा जिसी,युवानी बस्नेत लगायतको अभिनय रहेको छ ।

वेब सिरिजको फस्ट टिजर श्रृष्टि युट्युब च्यानलमा सार्वजनिक भईसकेको निर्माण टिमले जानकारी गराएको छ । सिरिज चाँडै युट्युबमा रिलिज गर्ने तयारी रहेको निर्देशक घिमिरेले जानकारी दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot