Logo

नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ, आसिफ पनि आउट



काठमाडौं, फागुन ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो ।

उनी ३.५ ओभरमा ४ रनमै आउट भए । आसिफलाई १८ वर्षीय युवा तीव्र गतिका बलर ज्याक ब्रासेलले क्याच आउट गराए । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो । उनी ३.१ ओभरमा व्यक्तिगत ८ रनमा एल्बीडब्लू आउट भए । अनिललाई पनि रुबेन ट्रम्पलम्यानले पवेलिएन फर्काए । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई पहिलो बलमै गुमायो । उनलाई पनि रुबेन ट्रम्पलम्यानले शून्यमै क्याच आउट गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot