Logo

किसानको आन्दोलनमा ऋषि धमलाको साथ



काठमाडौं, ३ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला अखिल नेपाल किसान महासंघ, चन्द्रागिरि नगर कमिटीले आयोजना गरेको र्यालीमा सहभागी भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित प्रदर्शनमा सहभागी भएका धमलाले किसानको पक्षमा राज्यले गम्भीर पहलकदमी लिनुपर्ने आवाज उठाएका थिए ।

विश्व सामाजिक मञ्च उद्घाटनअघि बिहीबार राजधानीमा निकालिएको र्‍यालीमा धमला सहभागी भएका हुन् ।

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ यो सम्मेलन नेपालमा पहिलोपल्ट हुन लागेको हो। मञ्चमा सहभागी हुन विश्वभरिबाट करिब ५० हजार सामाजिक अभियन्ता काठमाडौँमा भेला भएको आयोजकको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot