Logo

एसीसी महिला प्रिमियर कप : आज मलेसियाको सामना गर्दै नेपाल



काठमाडौं, फागुन ४ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान ११ः१५ बजे सुरु हुनेछ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन्। यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ।

प्रतियोगितामा नेपाल अपराजित छ। नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेत तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो। मलेसियाले समूह सीबाट इन्डोनएसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot