Logo

रोल्पामा रहेका सुनखानी उत्खनन् गरेर बाहिरबाट हुने अवैध सुन तस्करी तत्काल रोकिओस्ः एमाले सांसद घर्ती



काठमाडौं,२ चैत । नेकपा एमालेकी सांसद इश्वरी घर्तीमगरले रोल्पामा हेका सुनखानीहरु उत्खनन् गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद घर्तीले रोल्पामा रहेका ३ वटा सुनखानीलाई उत्खनन गरेर विदेशबाट हुने अवैध तस्करी नियन्त्रण गर्न माग गरिन् ।

‘रोल्पामा सुनखानी रहेको छ । २ वटा खानी दर्ता भएका छन् । पहिलो पहिला रोल्पालीहरुले त्यहिको सुन निकालेर प्रयोग गर्दथे’ उउनले भनिन् ‘तर सरकारले त्यसको उत्खननमा ध्यान नदिँदा ती खानीहरु अलपत्रजस्तै अवस्थामा रहेका छन् । त्यसैले सुनछहरी, गामखोला र थगाम खोलामा रहेका सुनखानीहरुलाई सरकारले तत्काल उत्खनन्को प्रक्रिया अगाडि बढाउन र बाहिरबाट अवैधरुपमा हुने सुनको आयात रोकियोस्’ ।

त्यस्तै सांसद घर्तीले रोल्पाको सुनछहरी गाउँपालिमा रहेको सुनछहरी झरनालाई उचित संरक्षण गर्नसमेत सरकारसँग माग गरिन् । सुनछहरी झरनाको उचित संरक्षण र प्रचारप्रसार हुने हो भने आन्तरिक र वाह्य पयर्टकको राम्रो सम्भावना रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्