Logo

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति



काठमाडौं, १५ चैत । सरकार गठनका लागि बागमती प्रदेशमा ४ दलबीच ५ बुँदे सहमति भएको छ । आज (बिहीबार) नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो ।

बागमती प्रदेशसभाको बाँकी कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्न दलहरु सहमत भएका छन् ।

साथै, केन्द्रीय स्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय भएको छ । सरकार सञ्चालनका सन्दर्भमा समीकरणमा आबद्ध दलहरूको प्रतिनिधि रहने प्रदेश स्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्ग दर्शनमा सरकार अघि बढ्न चार दलका नेताहरु सहमत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्