Logo

दमकको भाटभटेनी सुपरमार्केटमा ओलीको सुपर फोटोसुट



काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिवेला गृहजिल्ला झापामा छन् । जिल्लाको अधिवेशन उद्घाटन गर्न झापा पुगेका ओली विभिन्न कार्यक्रममा व्यस्त छन् । यसैबीच ओली आज झापाको दमकमा रहेको भाटभटेनी सुपरमार्केटमा छिरेका छन् ।

सो क्रममा उनले सुपरमार्केटका स्टाफदेखि सपिङका लागि आएकाहरुसँग भलाकुसारी गरेका छन् । ओलीको भाटभटेनी टुर उनको सचिवालयले क्यामेरामा पनि कैद गरेको छ । उनी पार्टीका उपाध्यक्ष रामबहादुर थापा र नेता शेरधन राईलगायतसहित भाटभटेनीको अवलोकन भ्रमणमा व्यस्त देखिन्छन् ।

हेरौं केही तस्विर



प्रतिक्रिया दिनुहोस्