Logo

सार्वजनिक यातायात चलाउने र चढ्नेले यी नियम पालना गर्नुपर्छ



काठमाडौं, २५ असार । सरकारले भोलिबाट लागु हुने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यसको जानकारी दिएका हुन् ।

सार्वजनिक यातायात सञ्चालन भएपनि यातायात व्यवसायी र यात्रु दुवैले निश्चित नियम पालना गर्नुपर्छ । सावधानी विना यातायात सञ्चालन र प्रयोग गर्न पाइनेछैन ।

यातायातमा अपनाउनुपर्ने सावधानी
कुल सिटको आधा मात्र राख्न पाइने
सवारी साधन छोटो दुरीमा मात्र सञ्चालन गर्न पाइने
एउटै जिल्लामा मात्र सञ्चालन गर्न पाइने
काठमाडौं उपत्यकाको हकमा तीन जिल्लामा मात्र सञ्चालन गर्न पाइने
चालक र सहयोगीले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने
भाडादर साविकको भन्दा ५० प्रतिशत बढी मात्र लनुपर्ने
ट्याक्सीको हकमा चालकसहित ३ जना र ४ वर्षमुनीका एकजना मात्र चढ्न पाइने

यात्रुले अपनाउनुपर्ने नियम

अनिवार्य रुपमा मास्क लगाउनुपर्ने
भीडभाड गर्न नपाइने
कुल सिटको आधा सिट संख्यामा मात्र चढ्न पाइने
अनिवार्य रुपमा स्यानिटाइजर प्रयोग गर्नुपर्ने
५० प्रतिशत बढी भाडा तिर्नुपर्ने



प्रतिक्रिया दिनुहोस्