Logo

झाँक्री पक्राउबारे प्रचण्डको टिप्पणी : लोकतन्त्र र विचारमाथि चाबी लगाउने षड्यन्त्र भयो (भिडिओसहित)



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोमा विरोध जनाएका छन् । दाहालले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको बताए । प्रचण्डले भने,‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो।’

बिहीबार आदिवासी जनजाति मगर संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पक्राउको विरोध गरेका हुन् । उनले आफू कार्यक्रममा बसिरहेको बेलामा झाँक्री पक्राउको सूचना आएको सुनाउँदै भने–उनीहरुले जबरजस्ती कमरेड रामकुमारी झाँक्रीलाई पक्राउ गरेर लिएर गएका छन् । यो पनि तपाईँ मगर मोर्चाको निम्ति, नेताको निम्ति र हाम्रो पार्टीको कम्युनिष्ट पार्टीको निम्ति पनि एउटा चूनौति भएको छ । उनीहरुले यहीँ हमला गरे । हमला कहाँ गर्यो त ? भन्दा उत्पीडित जाति, वर्गका प्रतिनिधिमाथि चाहीँ हमला गर्न खोजेका छन् । उहाँ त मलाई लाग्छ, छिट्टै नै छुटिहाल्नुहुन्छ होला । तर पनि उनीहरुको नियत त देखियो नि । उनीहरुले कहाँ प्रहार गर्न खोजे ? जसले लोकतन्त्रको पक्षमा आफ्नो विचारहरु प्रखर ढंगले राख्ने काम गर्यो, त्यसकारण त्यो लोकतन्त्र र विचारमाथि ताला लगाउने, चाबी लगाउने षड्यन्त्र भएको छ । तपाईँहरुले पनि एउटा प्रस्ताव पारित गर्नुहोला । हामी पनि फेरि पार्टीको तर्फबाट गर्नुपर्ने सबै काम गर्छौं ।’

https://www.facebook.com/prachanda.nepal/videos/177094134213757

Related News:

झाँक्री पक्राउबारे गगन थापाले मुख खोले : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्

रामकुमारी झाँक्री पक्राउ

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा



प्रतिक्रिया दिनुहोस्

Screenshot