Logo

स्थानिय चुनावको परिणामपछि हतियार उठाउने माओवादी नेताको धम्की



काठमाडौं १८ असार । नेकपा माओवादी केन्द्रका नेताले फेरि हतियार उठाउने धम्की दिएका छन् । स्थानिय तहको चुनावी परिणममा माओवादीलाई पछि पारेर जनताले गल्ती गरेको भन्दै माओवादी केन्द्रका नेता गोपाल किरातीले हतियार उठाउने धम्की दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग् कुराकानी गर्दै किरातीले जनताले एमालेलाई जिताएर गल्ती गरेको बताए । “स्थानीय तहको चुनावमा एमालेलाई पहिलो स्थानमा पुग्ने गरी मत दिएर जनताले गम्भीर गरेका छन्” उनले भने, “यस्तो तरिकाले जनताले अब दुःख पाउने दिन आउने निश्चित छ । अब हतियार उठाउनुको विकल्प देखिएको छैन । हामी सशस्त्र विद्रोहमा जान सक्छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot