Logo

‘कर बढायो भनेर विरोधीहरुले अनावश्यक हल्ला चलाए’



काठमाडौं, ११ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनतालाई भार पर्ने कुनै किसिमको नयाँ कर नलिन स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएको छ ।

सो पार्टीले करको विषयमा हल्ला मचाई संघीयता विरोधीहरुले संघीयतालाई बदनाम गराउन खोजेको दावी समेत गरेको छ ।

महानगरपालिका, नगरपालिका र गाँउ पालिकामा जनतालाई थप भार पर्ने कुनै पनि किसिमको नयाँ कर नथपिने दाबी गर्दै सो पार्टीले अवैज्ञानिक, अनुपयुक्त र अव्यवहारिक रुपमा लागु गरिएको करवाट जनतालाई राहत दिइने निर्णय समेत गरेको छ ।

उक्त पार्टीले स्थानीय तहका प्रतिनिधिलाई काठमाडौ बोलाएर स्थानीय तहमा लागू भएको करको बारेमा सोमवार छलफल गरेको छ ।

छलफलमा बोल्ने अधिकाँश प्रमुख तथा उपप्रमुखले कही पनि अनावश्यक कर लागू नगरिएको दाबी गर्दै विरोधीहरुले अनावश्यक हल्ला मात्र चलाएको धारणा राखेका थिए ।

कुनैपनि ठाउँमा जनतालाई असर पार्ने खालका कर लागू भएको पाइएमा त्यसलाई सच्याउने प्रतिबद्धता समेत स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot