Logo

सुनुवाई विशेष समितिमा मन्त्री ज्ञवाली, राजदुत नियुक्ती समावेशी बनाउने विश्वास



काठमाडौं, २४ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्ति समावेशी बनाउने विश्वास दिलाएका छन् । मन्त्री ज्ञवालीले भने,”‘आइन्दा नियुक्ति गर्दा संविधानको मर्मअनुसार हुनेछ ।”

बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा उनले विगतमा राजदूत नियुक्ति गर्दा समावेशी नभए पनि अब संविधानअनुसार नै समावेशी बनाइने बताएका हुन् । बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदुत नियुक्तीको कामलाई अघि बढाइएको भन्दै आपत्ति पनि जनाए। सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदुत नियुक्त गर्ने गरेको उनको आरोप छ।

समितिकी अर्का सदस्य पुष्पा भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दावी गरे। उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदुत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

मन्त्री ज्ञवालीले ५ देशमा नेपालको राजदूत खाली रहेको पनि संसदीय समितिमा जानकारी दिए । बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ देशमा भने राजदूत छैनन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot