Logo

व्यवसायिक सेवा केन्द्र सञ्चालन गर्दै वाणिज्य संघ



शरद रेग्मी : तुलसीपुर, ९ चैत्र । तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुको समस्यप्रति सहजकर्ताको भूमिका खेल्न सेवा केन्द्र सञ्चालन गर्दैछ । शुक्रबार सम्पन्न नियमित बैठकले संघका वर्तमान सचिव बिनिल केसीलाई व्यवसायिक सेवा केन्द्रको संयोजकको समेत जिम्मेवार दिएको छ ।

संयोजक केसीकाअनुसार अबदेखि वाणिज्य संघमा दर्ता भएका आफ्ना व्यवसायीहरुका लागि एउटै स्थानमा धेरै सेवाहरु उपलब्ध हुनेछन् ।
‘हामीले आफ्ना व्यवसायिहरुका लागि वाणिज्य सङ्घ मार्फत विभिन्न सेवाहरु प्रदान गर्नेछौं’ सयोजक केसीले भने– ‘उनका अनुसार सेवा केन्द्रमा करसम्बन्धि परामर्श, दर्ता सहजिकरण, कम्पनी रजिस्ट्रेसन फर्म दर्ता तथा नविकरण, घरबाहल सम्बन्धि परामर्श र सम्झौता गर्दा स्थानीय तहसँग सहजिकरणलगायत हुनेछन् ।

सेवामा महिला उधमीहरुलाई भारी छुटको समेत व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघले प्रदान गर्ने सेवामा व्यवसायिक बिमाको समेत व्यवस्थापन गरिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा भएको नियमित बैठकमा तुलसीपुर क्षेत्रमा रहेका महिला उद्यमिहरुलाई वाणिज्य सङ्घमा दर्ता गर्न अनुरोध समेत गरेको छ । बैठकले महिला उद्यमिहरुलाई सङ्घमा दर्ता हुँदा ३३ प्रतिशत सम्म छुट गर्ने निर्णय गरेको सङ्घले जनाएको छ ।

बैठकमा निवर्तमान अध्यक्ष बिमल रिजाल, पुर्व अध्यक्षहरु चिरञ्जीवी रिजाल, हेमन्त रिजाल, सल्लाहकार सुरेश हमाल,आजिवन सदस्य मिनराज वलि, प्रेस सल्लाहकार शरद रेग्मी, महिला सदस्य सपना बस्नेत लगायतकाले शुभकामना व्यक्त गरेका थिए । सङ्घका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजिकरण महासचिव रुपबहादुर खत्रिले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot