Logo

राजपा-फोरमसँग बाबुरामको हिमचिम बढ्यो



काठमाडौं, १६ बैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिवेला राजपा र फोरमसँग पार्टीको एकता गराउनेगरि आन्तरिक छलफलमा जुटेका छन् । केही दिनअघिमात्रै पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफू राजपा र फोरमसँग एकता गर्नेगरि गृहकार्यमा जुटेको खुलासा गरेका थिए ।

हिजोमात्रै, राजपाले पनि नयाँ शक्तिसँग एकताको लागि प्रक्रिया आरम्भ गर्ने सार्वजनिक घोषणा गरिसकेको छ । सुरुवातदेखि नै बाबुराम संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफलमा छन् । उनीहरुबीच पार्टी एकताबारे केन्द्रित रहेर धेरै पटक छलफल तथा कुराकानीहरु समेत भैसकेका छन् । तर, उपेन्द्र सरकारमा गएपछि उक्त प्रयास तत्काल सफल हुन सकेको थिएन ।

अहिले उपेन्द्र पनि सरकारमा नबस्ने मनशायमा पुगेका छन् । र, बाबुरामसँग एकता गरेर संविधान संशोधनलगायतका विषयहरु पूनः जोडदारसँग उठाउने यादवको तयारी छ । बाुबराम दुवै शक्तिसँग एकताको लागि अहिले गहन छलफलमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot