Logo

कुलमान घिसिङ भर्सेस अमनलाल मोदी विवादको चुरो (भिडियोसहित)



वैशाख ९, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङ र सांसद अमनलाल मोदीबीचको वाकयुद्ध अझै रोकिएको छैन । प्राइम टाइम्स टेलिभिजनसँगको बिशेष सम्बादमा अनियमितताको आरोपबारे जवाफ दिएका कुलमानले उल्टै सांसद मोदीले कटहरी सबस्टेसनको अबरोध हटाउन घुस मागेको खुलाशा गरेका छन् ।

केही दिन अघि त्रिशुली ३ ए आयोजनमा स्थानीयले गरेको अवरोध हटाउन थुन्नेसम्मको चेतावनी दिएर रोकिएको काम सुरु गराएका कुलमान घिसिङ पछिल्लो समय फेरी चर्चामा छन् । एकाएक लोडसेडिङ हटाएर चर्चामा आएका घिसिङमाथी पटक–पटक लेनदेनमा संलग्न भएको आरोप पनि लाग्ने गरेको छ ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिमा उनै कुलमानमाथी लोडसेडिङ अन्त्य गरेको जस लिंदै संस्थाभित्र भ्रष्टाचार गरेको आरोप लाग्यो । २५ मेगावाटको सोलार प्लान्ट र कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टचार गरेको आरोप लगाउने सांसद थिए, अमनलाल मोदी । कुलमान र मोदीबीच संसदिय समितिमा भएको चर्काचर्की यस्तो थियो । (भिडियो हेर्नुस्)

नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भएपनि मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयले अवरोध गरेपछि सबस्टेसन संचालन (चार्ज) गरिएको छैन । यो अबरोधमा सोही निर्वाचन क्षेत्रका मोदीको हात रहेको बताइएको छ । यतिमात्रै होइन, सांसद मोदीले उद्योगीले पैसा नदिएको भन्दै अबरोध खुलाउन विद्युत प्राधिकरणसँगै पाँच लाख घुष मागेको आरोप खेपिरहेका छन् ।

आफूमाथि नै उल्टै घुस मागेको अरोप लागेपछि मोदीले के भने त ? प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँगको कुराकानीको पूरा भिडियो यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot