Logo

केपी ओली सरकारसँग बजेटको ज्ञान छैन : डा. रामशरण महत(भिडियोसहित)



जेठ १४, काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार कस्तो बजेट ल्याउने भन्नेमा चिन्तित नभएको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै महतले सरकार उडन्ते कुरा गर्नमै सिमित भएको बताएका हुन् ।

बजेट कस्तो ल्याउने भन्नेमा आवश्यक छलफलसमेत नगरिएको भन्दै डा. महतले सरकार बजेटको आकार बढाउन केन्द्रित रहेको आरोप लगाए ।

अघिल्लो वर्ष नि यही सरकारले बजेट ल्याएको स्मरण गराउँदै महतले लक्ष्य मात्रै ठूला राख्ने तर कार्यान्वयन गराउन नसक्ने यो सरकारको विशेषता रहेको बताए ।

“बजेट भनेको कार्यान्वयन गर्न सक्ने, प्राथमिकतालाई ध्यानमा राख्ने, जनताको आवश्यकता र देशको क्षमताअनुसारको हुनुपर्छ । कृत्रिम रुपमा बजेट ठूलो बनाउनु हुँदैन ।” महतले भने ।

आफू अर्थमन्त्री हुँदा देशको आवश्यकताअनुसार बजेट ल्याएको जिकिर गर्दै महतले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था हेरेर यसपटक बजेट ल्याउनुपर्नेमा जोड दिए ।

महतसँको पूरा कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्