Logo

बराबरीमा रोकिए रियल र ब्रुगस



काठमाडौं,१५ असोज । रियल मड्रिड ब्रुगससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फुटबल अन्र्तगत मंगलबार राति भएको समूह ‘ए’ को खेल बराबरीमा रोकिएको हो ।

रियलले ग्रुगससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । रियलका लागि कप्तान सर्जियो रामोस र कासिमिरो गोल गरे । यता, क्लब ब्रुगसका लागि भने दुवै गोल इमान्युएल डेनिसले गरे ।

पहिलो हाफमा नै दुई गोलअन्तरले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै खेल बराबरीमा सकाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot