Logo

ब्राउन सुगर सहित पक्राउ



झापा, १५ पौष । प्रहरीले ग्राउनसुगरसहित युवकलाई पक्राउ गरेको छ । विर्तामोड नगरपालिका ६ खानेपानी ट्यांकी बस्ने २४ वर्षीय रुपेश विश्वकर्मालाई ब्राउनसुगर१ सय १३ ग्राम ४ सय ३० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विर्तामोड नगरपालिका ५ स्थित रत्नसुपर मार्केटमा लागूऔषध ब्राउनसुगर खरिद बिक्री तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

विश्वकर्मालाई पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा उनको घरबाट घर खानतलासी गर्दा लुकाई छिपाई राखेको ब्राउनसुगर जस्तो देखिने पदार्थ अन्दाजी एक सय १२ ग्राम चार सय ३० मिलिग्राम समेत फेला पारी प्रहरीले बरामद गरेकोे थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot