Logo

सामुदायिक विद्यालयमा विद्युतीय हाजीरी



दैलेख, १० माघ । शैक्षिक गुणस्तरमा सुधारका लागी जिल्लाको गुराँस गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्युतिय हाजीरी प्रणाली सुरु गरेको छ । नियमित हाजिरी कायम गर्दैए शिक्षकलाई शिक्षामा प्रतिबद्ध र गाउँपालिका भित्रका विद्यालयको शैक्षिक सुधार गर्न विद्युतिय हाजीरी प्रणाली सुरु गरिएको हो । सेम द सामाजिक विद्यालयमा भर्खर मात्र विद्युतिय हाजीरी जडान गरिएको बताए ।

सामाजिक सेवा केन्द्र दैलेखका कार्यक्रम निर्देशक नवराज बिसिले परियोजनाको छ लाख ३० हजार रुपैयाँ लागतमा सामुदायीक विद्यालयमा विद्युतिय हाजीरी जडान गरिएको जानकारी दिए । उनले विद्युतिय हाजीर भएसँगै शिक्षक नियमित कक्षामा आइरहेको बताए ।
विगतमा विद्युतिय हाजीर नहुदा शिक्षक विद्यालयमा आए–नआएको कुनै जानकारी नहुने हुदाँ गुँरास गाउँपालिकाबाट यो अभियान संचालन गरेको उनको भनाई छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot