Logo

देउवाले कुन्दराज काफ्लेलाई कारबाही गर्ने !



काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेलाई कारबाही गर्ने तयारी गरेका छन् । पार्टी कार्यालयमा अराजक गतिविधि गरेको र गुण्डागर्दीमा उत्रिएको भन्दै काफ्लेलाई कारबाही गर्ने देउवाको तयारी छ । हिजो केन्द्रिय कार्यसमिति बैठक सुरु हुनुभन्दा अघि पार्टी मुख्यालय सानेपामा काफ्ले समूहका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले हुलहुज्जत गरेको आरोप छ ।

काफ्ले समूहको विरोध र प्रदर्शनलाई काउन्टर दिन सभापति देउवा समूहका विद्यार्थी पनि प्रतिकारमा उत्रिएका थिए । काफ्ले पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला समूहका विद्यार्थी नेताका रुपमा चिनिन्छन् । दुईओटा समूहबीच हिजो सानेपामा झडप समेत भएका थियो । उक्त झडपलाई साम्य पार्नको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

तदर्थ समितिमा उमेर हदबन्दी र वैधानिक व्यवस्थालाई लिएर झडप भएको हो । विधानसम्मत् नेतृत्वको माग गर्दै अनशनमा बसेको निर्वतमान महामन्त्री काफ्लेको समूहले कांग्रेस सभापति देउवालाई पार्टी कार्यालय प्रवेशमा रोक्न खोजेपछि झडप भएको हो । नेविसंघको विधानमा सभापति बन्नलाई ३२ वर्षको उमेर हद तोकिएको छ ।

गएको शुक्रबार बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले १२७ जनाको तदर्थ समिति बनाउने निर्णय गरेको थियो । काफ्ले सुरुमा उमेर हद लगाउनुहुन्न भन्दै अघि बढ्ने नेताको रुपमा चिनिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot