Logo

फलफूल, तरकारी, खाद्यान्न पसल खुल्ला



काठमाडौं, १२ चैत्र । सरकारले देशभर लकडाउन गरेपनि दैनिक उपभोग्य सामाग्री विक्रीवितरण गर्ने पसलहरु खोल्न दिएको छ । उपभोक्ताको हितलाई ध्यानमा दिई फलफूल, तरकारी र खाद्यान्न पसलहरु खुलेका छन् ।

मानिसहरु उपभोग्य सामाग्री खरिदका लागि मास्कसहित पुगेको देखिन्छ । त्यस्ता स्थानमा भीडभाड देखि भने टाढै रहने गरेका छन् ।
दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरणमा सरकारले कुनै रोक लगाएको छैन । त्यस्ता सामानको ढुवानीकर्ता पनि छुट दिएको छ ।

दैनिक उपभोग्य सामाग्रीको अभाव हुने आशंकाले उपभोक्ताले विगतमा खरिद गर्ने मात्रा भन्दा धेरै खरिद गर्ने गरेका छन् ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले १८ चैतसम्म लागू हुने गरी लकडाउन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot