Logo

महालक्ष्मीमा लकडाउन उल्लंघन हुन नदिन हाम्रो युवा समूह सक्रिय



ललितपुर, २४ चैत्र । लकडाउनका समयमा अनावश्यक सवारीसाधन र व्यक्तिहरुलाई हिंडडुल गर्न नदिन शंखादेवी विष्णुडोल क्षेत्रमा युवा समूह अझ सक्रिय भएको छ । हाम्रो युवा समूहले आज विभिन्न चोकमा सूचना समेत टाँसेर अनावश्यक रुपमा सवारी साधन नचलाउन र हिंडडुल नगर्न आग्रह गरेको छ ।

लकडाउन उल्लंघन गर्दा कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै युवा समूहले अत्यावश्यकबाहेकको अवस्थामा सवारी साधान र मानिसको आवतजावत नगर्न र गरेमा जिम्मेवार निकायमा कारबाहीका लागि प्रक्रिया बढाउने समेत उल्लेख गरेको छ ।

यसअघि युवा समूहले महालक्ष्मीको सबै वडामा स्यानिटाइज गरिसकेको छ । समूहले स्थानीयको सहयोग र आफ्नै खर्चमा सरकारी निकायबाट कुनै आर्थिक सहयोग नलिई लकडाउनका समयमा स्यानिटाइजका अलावा सहयोगका काम गरिरहेको छ । यसअघि शनिबार समूहले पाँच सय जनालाई राहत वितरण गरेको छ । कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी एक मिटरको फरकमा लाम राखी चेकजाँचसहितको राहत वितरण भएको थियो । समूहले यस क्षेत्रमा कोही विरामी तथा रगतको आवश्यक परेमा तत्काल सहयोगको तयारी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot