Logo

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु



काठमाडौँ, २८ चैत । माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर १८ मानपुरे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएका तुलसीपुर १९ बासगढीका ३७ वर्षीय बलबहादुर थापा मगरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

थापाले बिजौरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएको थियो । शवलाई पोष्मार्टमका लागि राखिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot