Logo

ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी पक्राउ



बाँके, १० असार । लागूऔषध मुद्दाका फरार प्रतिवादी रेश्मा खाँ मंगलबार दिउँसोे पक्राउ परेकी छिन् । नेपालगंज उपमहानगरपालिका जयसपुरका लागूऔषध मुद्दाका फरार प्रतिवादी खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध ब्राउन सुगर मुद्दामा फरार रहेकी उनलाई सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनकै घर नजिकै पक्राउ गरेको जनाएको छ ।

खाँलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको सिमा प्रहरी चौकी जयसपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot