Logo

ओलीको नेतृत्वमा एमाले नाममा दल दर्ता गर्ने तयारी भएको बामदेवको खुलासा



काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा एमाले नाममा दल दर्ता गर्न लागिएको खुलासा गरेका छन् । उनले आज बसेको स्थायी कमिटि बैठकमा उक्त खुलासा गरेका हुन् ।

‘एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु,’ गौतमको भनाई उदृत गर्दै उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले फेसबुकमा लेखेका छन्, ‘अहिले यस्तो काम गर्ने बेला होइन ।’

आज बसेको स्थायी कमिटि बैठकमा १७ जनाले बोलेकोमा १२ जनाले ओलीको राजीनामा मागेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीको राजीनामा मागेका थिए । बैठकमा उपाध्यक्ष गौतम पनि राजीनामा माग्नेमध्येका थिए ।

बैठकमा बहुमत सदस्यहरुले राजीनामा मागेपछि ओली बैठक छाडेर निस्किएका थिए । आफूविरुद्ध सचिवालयका छ जना र स्थायी कमिटिका अत्याधिक बहुमत सदस्यहरु एकजुट भएपछि ओली नयाँ रणनीतिका साथ बढ्न थालेका छन् । उनले पार्टी नै फुटाएर बढ्न खोजेको चर्चा नेकपाभित्र चलेको छ । जसलाई आजको बैठकमा गौतमले खुलासा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot